१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको लिखु गाउपालिकामा योजनाहरुको छनौट सम्वन्धि अन्र्तक्रिया सम्पन्न,

लिखु ,नुवाकोट निर्बाचन क्षेत्र नं १ प्रदेश ख मा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजनाहरुको छनौट सम्वन्धि छलफल सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य हित बहादुर तामाङ , प्रदेश सांसद हिरानाथ खतिवडा, बद्री मैनाली लगायतका जनप्रतिनिधिहरुको निर्वाचन क्षेत्रका ठुलो योजनाहरुको छनोटका लागि शुक्रबार नागकिरहरुको भेला भएको थियो । लिखु गाउपालिका वडा नं ६ मा भएको भेलाले प्राय ठुला योजनाहरुलाई प्रदेशबाट बजेट विनियोजन गर्नका लागि सिफारिस गरेर पठाएको छ ।
उक्त अन्र्तक्रियामा लिखु गाउपालिका, ककनी गाउपालिका र सुर्यगढी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, बुद्धिजिवी लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
स्थानीय सरकरले आफ्नो बजेट गर्न नभ्याउने ठुला आयोजना र विकासका कामहरु निर्माणका लागि नागरिकस्तरबाट संकलन गरेर प्रदेश सांसदहरुलाई योजना पेश गरेका छन् । प्रदेश सरकारले रकम विनियोजन गर्ने उक्त आयोजना र विकास निर्माणको कार्यलाई अर्को आर्थिक वर्षमा निरन्तरता दिनको लागि बजेट भाषण मार्फत् सम्वोधन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्