१२ श्रावण २०८१, शनिबार
Logo

पशु विमा सम्झौता पत्रमा विदुर नगरपालिकाद्धारा हस्ताक्षर

विदुर,कृषि पेशा तथा पशुपालनलाई व्यवसायीकरण गर्ने उदेश्यका साथ नुवाकोटमा पशु बिमा तर्फ विदुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगर भित्रका कृषकहरुको हितका लागी आइएमइ जनरल इन्सुरेन्ससग विदुर नगरपालिकाले पशु विमाको रणनितिलाई अघि बढाउनका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकामा मंगलबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले पशु विमाको रणनिति तय गरेको नगर प्रमुख सन्जु पडिण्ले बताउनु भयो ।
प्रमुख पडिण्तले भन्नु भयो “राज्यले कृषक र जनताका लागी विविध अनुदानका कार्यक्रमहरु ल्याएको हुन्छ,कृषकहरु सग सुझबुज नभएको, पहुच नभएको र त्यसमा चासो राख्ने नगरेको कारणले केन्द्रीय सरकारले कृषकका लागी विभिन्न प्रकारका अनुदानका कार्यक्रमहरु ल्याएको छ, तर कृषकहरुले त्यसबाट लाभ लिन सकेका छैनन् र व्यवसायीक कृषक बनि रहेका छैनन् ।”
विदुर नगरपालिका ले नगर भित्रमा कृषकलाई व्यवसायीक रुपमा कृषि पेशामा लाग्नका लागी अनुदान विनियोजन गरेको प्रमुख पडिण्तले बताउनु भयो । उहाले भन्नुभयो “जो कृषकहरुले व्यवसायीक तरिकाले पशु पालन गरेरदुग्ध जन्य लगायतका व्यवसाय गर्नु हुन्छ उहाहरुलाई एउटा आर्थिक क्षेत्रबाट सुरक्षित राख्नका लागी विदुर नगरपालिकाले सहजता प्रदान गर्दै अनुदान पा्रप्त गर्ने दायरामा ल्याउन आइएमइ जरनल इन्सुरेन्स लिमिटेडसग सम्झौता गरेको छ ।”
पशु विमाका लागी नेपाल सरकारले विमा गरेको ७५ प्रतिशत रकम ब्यहोर्ने बताउदै नगर प्रमुख पडिण्तले भन्नुभयो “बाकी २५ प्रतिशत मध्येको ५० प्रतिशत विदुर नगरपालिका र ५० प्रतिशत पशु धनिले ब्यहोर्नु पर्ने छ।”
साथै जोखिमबाट बच्नका लागी र व्यसायिक कृषि पेशाका लागी यो अवसरबाट नगरका सबै कृषक लाभान्वित हुन नगर प्रमुख पडिण्तले आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका उप प्रमुख गिता दाहालले पशु पालन गर्ने सबैले कृषकलाई आफ्नो पशु पन्छी तथा बालीको विमा गर्नका लागी आग्रह गर्नु भयो । उहाले भन्नु भयो “व्यवसायीक रुपमा पशु पालनले मात्रै नभइ एउटा पशु पाल्ने कृषकको घरमा समेत पशु विमाको सेवा पुर्याउनु पर्ने छ ।”
उप प्रमुख दाहालले भन्नुभयो “विभिन्न समयमा पशुलाई लाग्ने महामारी रोग तथा अन्य समस्याबाट कृषकको गोठ खाली भइसक्दा समेत कृषकमा ज्ञानको अभाव भएकाले, पशुलाई पनि सुरक्षित रुपमा लान र कृषकलाई व्यवसायिक रुपमा बढवा दिनका लागी पशु विमाको रणनिति ल्याएका हौ ।”
पशु विमाको सम्झौता पत्रमा विदुर नगरपालिकाको प्रशासनिक निमित्त प्रमुख दिवाकर चापागाई, आइएमी जनरल इन्सुरेन्स नुवाकोट शाखाका प्रबन्धक दिपक शिलवाल लगायतले हस्ताक्षर गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्