१२ श्रावण २०८१, शनिबार
Logo

विदुर मेयरकप प्रतियोगिता, विदुर नगरपालिका नुवाकोटको लगातार दोस्रो जित

विदुर, शिक्षा, संंकृति कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान भन्ने मुल नाराका साथ संचालन भएको विदुर मेयरकप फुटबल प्रतियोगितामा शनिवार देखि सेमिफनल खेल सुरु भएको छ ।पहिलो सेमिफाइनल खेलमा भने विदुर नगरपालिकाले मेलम्ची नगरपालिका सिन्धुपाल्चोकलाई ३–१ गोलले पराजित गरेको छ । प्रतियोगितामा विजयी टिमका जर्सी नं १३ का विकास थापा मगरले २ गोल र जर्सी नं ९ का आशिष लामाले १ गोल गरेपछि सो टिम विजयी भएको हो । विदुर नगरपालिका टिमका एक खेलाडीले खेलमा रातो कार्ड खादै खेलबाट बाहिरीएपछि १० जना खेलाडीले मात्र खेल खेलेका हुन् । प्रतियोगितामा विजयी टिमका जर्सी नं १३ का विकास थापा मगर म्यान अफ द म्याच घोषित भएका हुन् ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ, जिल्ला खेलकुद विकास समिति नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालित हुने प्रतियोगितामा आइतबार हुने दोस्रो सेमिफाइनल खेल बुढानिलकण्ड नगरपालिका काठमाण्डौ र पोखरा महानगरपालिका कास्कि विच हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्