१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

विदुर मेयर कप प्रतियोगिता, पोखराले भरतपुरलाई हराए सगैँ सेमिफाइनल समिकरण पुरा

विदुर, नुवाकोटमा सञ्चालन भइरहेको विदुर नगर मेयरकप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगितामा सेमिफाइनल खेल आज दिउसो तीन तीस बजेबाट सुरु हुदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेलम्ची नगरपालिका सिन्धुपाल्चोक र विदुर नगरपालिका नुवाकोट भिड्ने आयोजकले जालपा न्यूजलाई जानकारी गराएका छन् ।

आज विहान सात तीस बजे भएको खेलमा भरतपुर महानगरपालिका चितवनलाई पोखरा महानगरपालिका कास्की ले २–१ गोलले पराजित गरेको छ भने पोखरा महानगरपालिका कास्की पनि सेमिफाइनल खेललमा प्रेवस गरेको छ । भोली हुने सेमिफाइनल गेममा बुढानिलकण्ड नगरपालिका काठमाण्डौ र पोखरा महानगरपालिका कास्की विच प्रतिष्प्रर्धा हुने एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले बताए ।

प्रतिक्रिया दिनुहोस्