१२ श्रावण २०८१, शनिबार
Logo

आशिष लामाद्धारा उत्कृष्ट प्रर्दशन, धुनिवेशी धादिङ ९–१ गोल अन्तरले पराजित

विदुर, नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो । शिक्षा, संंकृति कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान भन्ने मुल नाराका साथ संचालन भएको प्रतियोगिताका नुवाकोट क्षेत्र नं १ का संघीय सांसद नारायण प्रसाद खतिवडाले उद्घाटन गरेका हुन् ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ, जिल्ला खेलकुद विकास समिति नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरिका ८ टिम सहभागी छन् । विहिवार भएको खेलमा विदुर नगरपालिका नुवाकोटले र धुनिवेशी नगरपालिका धादिङलाई गोलले ९–१ पराजित गरेको छ । प्रतियोगितामा विदुर नगरपालिकाका टिमका आशिष लामाले ६ गोल गरेको हुन् । उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्