१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

राप्रपा संयुक्तका दुई संगठनले अख्तियार घेराउ गर्दै

राप्रपा संयुक्तका दुई संगठनले अख्तियार घेराउ गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयक्त) का युवा र विद्यार्थी संगठनले सोमबार अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय घेराउ गर्ने भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थि संगठन (संयुक्त) ले सोमबार अख्तियारको कार्यालय घेराउ गर्न लागेका हुन् ।

निर्मला हत्या काण्ड, ३३ किलो सुन प्रकरण, वाइडबडी, ललिता निवास प्रकरण ,खुल्ला मन्च अतिक्रमण लगायतका विषयमा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार अख्तियारको कार्यालय घेराउन गर्न लागिएको युवक संगठनका अध्यक्ष राजु लोहनीले  बताए ।

त्यसका लागि सो संगठनले आफ्ना सम्पूर्ण कार्यकर्तालाई गहना पोखरीमा बोलाएको छ । सोमबार व्यानर, प्लेकार्डसहित शान्तिपूर्ण ढंगले अख्तियार घेराउ गर्ने सो सो अध्यक्ष लोहनीले बताए । (निसान न्यूज)

प्रतिक्रिया दिनुहोस्