५ चैत्र २०८१, बुधबार
Logo

तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न

विदुर, जातीय उत्थान तथा संरक्षण गर्ने उदेश्यका साथ नुवाकोटमा तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक पार्न मगर जातीको उत्थान गर्नुपर्ने तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङले बताउनु भयो । उहाले मगर जातीलाई मतवाली जाती भन्दै देशमा प्रधानमन्त्री टंकप्रसाद आचार्यको राज्यसत्ता देखि बर्तमान प्रधामन्त्री केपी शर्मा वलीको राज्य सत्तता सम्मा पनि आदीवासी जनजातीलाइृ राज्यले पछाडी पारेको बताउनु भयो ।

अध्यक्ष गुरुङले जातीको आधारमा भाषा संस्कृति धर्म र संस्कारको नाममा भएको विभेदलाई अन्त्य गर्न पर्नुपर्ने बताउनु भयो । उहाले भन्नुभयो मान्छे माथी विभेद नहोस् । साथै उहाले राष्टिय मुक्ती र जातीय एकतामा लाग्न सबैलाई आग्रह गर्नु भयो ।

सम्पूर्ण तमु गुरुङ एक जुट होऔँ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका केन्द्रिय महासचिव सुर्य गुरुङले देशमा जातीय एकता आवश्यक रहेको बताउनु भयो। उहाले जाती जगेर्ना गर्न सके देशको समग्र विकासमा समेत सहयोग पुग्ने बताउनु भयो ।


तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा
तमुस्यो महिला संघका केन्द्रिय महासचिव अन्जना गुरुङले नया कार्य समितिले नुवाकोटका सबै स्थानका मगर जातीको विकासका लागी सकरात्क कार्य गर्ने बताउनु भयो ।
तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका ३ नम्वर प्रदेशका बरिष्ठ उपाध्क्ष तथा शिवपुरी गाउपालिका वडा नं ४ का वडा अध्यक्ष झमकराज गुरुङले अल्पसंङ्ख्यक मगर जातीको उत्थानमा सरकारको ध्यानाकर्षण हुन नसकेको बताउनु भयो । उहाले मगर जातीको संरक्षणका लागी साबैलाई एकताबद्ध हुन आग्रह गर्नु भयो ।


त्यस्तै कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका नुवाकोटका सचिव श्याम बहादुर गुरुङले दोसो आर्थिक प्रतिवेदन तथा कार्य प्रगती प्रस्तुत गर्नु भएको थियो । तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका नुवाकोटका अध्यक्ष धर्म बहादुर गुरुङ , सदस्य हेमन्त गुरुङ र आदाीवासी जनजाती महासंघका सचिव चन्द्र बहादुर कुमालले राज्यले पछाढी पारेको जनजाती आदीवासी आफ्नो आफ्जो स्थानबाट एक जुट हुनुपर्ने बताउनु भयो ।


नुवाकोटको सदरमुकाम विदुरमा सम्पन्न कार्यक्रममा नमस्ते डान्स एकेडेमी कपन द्धारा मगर जातीको लोपोन्मुख रुपमा रहेका घाटु नाच प्रस्तुत गरिएको थियो भने शिवपुरी गाउपालिका द्धारा कौडा नृत्य प्रस्तुत गरिएको थियो ।


सन्र्दभ तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद कै, तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोसा्रे ऐतिहासिक अधिवेहनबाट नया कार्य समिती चयन गरिएको छ । नया कार्यसमितिमा भने अध्यक्ष राजेन्द्र गुरुङ, प्रथम उपाध्यक्ष रवि गुरुङ, द्धितिय उपाध्यक्ष शरण गुरुङ, सचिव गंगा गुरुङ, सह सचिव सुरेस गुरुङ कोषाध्यक्ष मनमाया गुरुङ,र सह कोषाध्यक्षमा कृष्ण बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्