१२ श्रावण २०८१, शनिबार
Logo

साहित्यकार श्रीराम श्रेष्ठको १३ औँ कृति आगोको लप्का नामक हाइकु संङ्ग्रहको विमोचन सम्पन्न

विदुर, “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन साहित्यकारको भुमिका उल्लेख रहेको म्यघाङ गाउपालिकाका अध्यक्ष आशा तामाङले बताउनु भयो । शनिबार नुवाकोटको सदरमुकाम विदुरमा नुवाकोट साहित्य समाजको आयोजनामा साहित्यकार श्रीराम श्रेष्ठको १३ कृति आगोको लप्का नामक हाइकु संङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै मेघाङ गाउपालिकाका प्रमुख आशा तामाङले देश संघीयतामा गए पश्चात् विकास निमार्णमा देखिएका समस्या तथा चुनौतीलाई साहित्यकारले आफ्नो कलम चलाउनु पर्ने बताउनु भयो । उहाले तत्कालिन समयमा बढेको बलात्कार भष्टाचार घुसखोरी जस्ता पक्षलाई पनि साहित्यकारले आफ्नो कृतिमा उर्तान सबै साहित्यकारलाई आग्रह गर्नु भयो । साथै उहाले नुवाकोट साहित्य समाजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
पर्यटन, प्रकृति, राजनितिक अवस्था र भुगोलमा केन्द्रित भई आगोको लप्का नामक हाइकु संङ्ग्रह लेखिएको साहित्यकार श्रीराम श्रेष्ठ बताउनु भयो ।

उक्त हाइकु संङ्ग्रहमा ५०० वटा हाइकुहरु रहेका छन् ।
उक्त कार्यक्रममा साहित्यकार श्रेष्ठको हाइकु संङ्ग्रहको शिक्षक तथा टिप्पणीकर्ता सुमित्रा सुमि, रामप्रसाद चालिसे, मुकुन्दराज अर्याल, रामकृष्ण गजुरेल, उद्योग वाणिज्य संघका सचीव उपेन्द्र बुढाथोकीले पछिल्लो समय साहित्यकार श्रेष्ठको उक्त कृति निकै सान्र्दभिक र उकृष्ट भएको बताउनु भयो ।


कार्यक्रममा प्रमिला परि श्रीधर पाण्डे, जानुका दाहाल,राजाराम लिमल्सीना लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्