१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरी

नुवाकोट आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोलाई दुई विद्यार्थी संगठनले कालोमोसो लगाएका छन् । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ मा रहेको उक्त क्याम्पसमा स्ववियु निर्वाचन नगराएको र आर्थिक चलखेल गरेको भन्दै अनेरास्ववियुका अध्यक्ष बिष्णु हरी रिमाल सत्य र अखिल (क्रान्तिकारी)का अध्यक्ष राजेन्द्र पनेरु सोही संगठनका रिजन प्रधान र अनिश प्याकुरेलको नेतृत्वमा रहेका संगठनमा आबद्द रहेका विद्यार्थी संगठनका केहि विद्यार्थीले क्याम्पसमा कार्यकक्षमा रहेकै समयमा प्रमुख सहित अन्य प्राध्यपकलाई समेत लाई पर्ने गरी मोबिल छरेर यो निर्कष्ट हर्कत गरेका छन् । अनेरास्ववियुका अध्यक्ष बिष्णु हरी रिमालअनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष राजेन्द्र पनेरु र रिजन प्रधान , अनिश प्याकुरेलमाथी जिल्ला प्रहरी कार्यलय नुवाकोटमा क्यापसले जाहेरी दिएको छ ।

देशभर स्थगित भएको स्ववियु निर्वाचन उक्त क्याम्पसमा विद्यार्थी संगठनले क्याम्पस प्रशासन सँग हुनु पर्ने माग राख्दै आएका थिए । विद्यार्थी संगठन विच आपसी समझदारी हुन नसक्दा गठित निर्वाचन आयोगले राजीनामा दिए सँगै निर्वाचन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्