१२ श्रावण २०८१, शनिबार
Logo

विप्लव माओवादीको नेपाल बन्दको प्रभाव, नुवाकोट र रसुवा ठप्प

नुवाकोट,प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दले नुवाकोट रसुवाको जनजीवन प्रभावित बनेको छ ।
आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध, ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न
पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दे विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण नुवाकोटबाट काठमाडौँ जाने तिन वटै सडकखण्ड मार्फत गुड्ने यातायात ठप्प भएको छ । बन्दका कारण शैक्षिक संस्थाहरु प्रभावित भएका छन् भने सवारी साधन नचल्दा रसुवा र नुवाकोटमा सर्वंसाधरणहरु मर्कामा परेका छन् । नुवाकोटमा भने सदरमुकाम क्षेत्रमा भने फाट्टफुट्ट मोटरसाइकल मात्र चलेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जानकारी दिएको छ । बन्दका कारण नुवाकोटको सदरमुकाम विदुर बट्टार त्रिशुलीमा मानिसको चहलपहल निकै कम छ ।
विप्लवले बैशाख २ गतेबाट सुरु हुने कार्यक्रमको पहिलो दिन कोण सभा, बैशाख ३ गते अन्तरकृया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द गरेको छ भने भोली देखि प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको कार्यक्रमहरु आयोजना गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्