२१ मंसिर २०७९, बुधबार
Logo
final gp koirala advert

सूर्यगढीमा बसबाट खस्दा ३ घाइते

नुवाकोट,सूर्यगढी गाउपालिकाको छापमा बसबाट खस्दा ३ जना घाइते भएका छन् । काठमाडौबाट पाटीखर्क आउदै गरेको बा २ ख ३८३५ नंको बस मोड लिने क्रममा बस ब्याक गर्न लाग्दा बसको पछाडीको टायरले किचेर ३ जना घाइते भएका हुन् । साघुरो सडकका कारण मंगलबार नुवाकोटको सुर्यगढी गाउपालिका वडा नं १ छापको भित्री सडकमा उक्त दुर्घटना भएको हो । उक्त दुर्घटनाबाट रसुवाको नौकुण्ड गाउपालिका वडा नं ४ का ५५ वर्षिय मनमान डंगोल गम्भिर घाइते भएका छन् । सुर्यगढी गाउपालिका वडा नं १ का २७ वर्षिय प्रतिमा वाइबा र उनकी छोरी २ वर्षिय वालिका एलिना वाइबा घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्