१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा पौडी खेल्दा एक युवक गम्भिर घाइते

बट्टार, विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको एक्जेटिभ सेन्टरमा पौडी खेल्ने क्रममा एक युवक गम्भिर घाइते भएका छन् । मंगलबार नुवाकोटको विदुर नगरपालिका वडा नं ६ इनारपाटीका २३ वर्षिय शिवशंकर न्यौपाने घाइते भएका हुन् । घाइते न्यौपानेलाई उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौको ग्राण्डी हस्पिटल लगिएको नुवाकोटको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्