७ माघ २०८१, सोमबार
Logo

श्रीकृष्ण क्याम्पस तारुकामा सञ्चालित श्रीमद्भागवत सप्ताह तथा महायज्ञ सम्पन्न, एक करोड रकम आम्दानी

नुवाकोट, आर्थिक संकटबाट केहि हद सम्म बच्न उद्देश्यका साथ श्रीकृष्ण क्याम्पस तथा श्री कृष्ण माविमा सञ्चालित श्रीमद्भागवत सप्ताह तथा महायज्ञ शनिवार सम्पन्न भएको छ । उच्च शिक्षाका कक्षा सञ्चालन गर्दै आएको उक्त क्याम्पसले चरम आर्थिक संकट व्यहोर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले बताउनु भयो ।  नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं २ तारुका मा रहेको उक्त क्याम्पसमा आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा स्थानीय तथा अन्य दाताहरुले दान गरेका छन् ।


महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजेन्द्र न्यौपानेले करिब करोड रकम संकलन भएको बताउनु भयो । उहाँले स्थानीय तथा अन्य दाताबाट एक करोड रकम संकल भएको स्पष्ट पार्नु भयो । संयोजक न्यौपानेले रकमका साथै जिन्सी सामानतर्फ करिब ४० मुरी चामल , २० मुरि धानका साथै अन्य सामान समेत दाताबाट संकलन भएको जानकारी दिनुभयो । उक्त संकलित रकमबाट क्याम्पसको लागी जग्गा खरिद तथा भवन निर्माण र आइसीटी कक्षा सञ्चालन गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्