१२ श्रावण २०८१, शनिबार
Logo

अधिकारी र लम्सालको नेतृत्वमा बनेको नवनिर्मित भवन हस्तान्तरण

नुवाकोट, नुवाकोट तारकेश्वर गाँउपालिका वडा १ मा पुरानो दाङसिङ स्थीत दाङसिङ बिद्यालय भवनको स्वीस प्रबिधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र गन्तव्य नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी ‘अबिरल’को नेतृत्वमा निर्माण भएको उक्त ५ कोठे पक्की बिद्यालय भवन निर्माण सकिएसँगै मंगलबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका हुन । यसका साथै बिद्यालयलाई आधुनिक प्रबिधीबाट सुसज्जीत गर्न तातोचिसो पानीको सुबिधासहित सावर सिस्टम जडान गरिएको छ, जसमा ३ बाथरुम समेत छन ।

बिद्यालय निर्माण प्रक्रिया सकिएसँगै उद्घाटन तथा बिद्यालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. रामशरण महतले दाङसिङ बिद्यालय भवन नुवाकोट जिल्लामै नमुनाका रुपमा निर्माण भएकाले शिव अधिकारी ‘अबिरल’ र मोहन लम्सालले गरेका बिकास निर्माणका कामबाट पाठ सिक्नुपर्ने बताए । उनले दाङसिङ जोड्ने बाटामा आफुले बजेट र नेतृत्व प्रदान गरेको र बिकासमा क्रियाशिल रहेको बताए । महतले अधिकारी र लम्सालले बिद्यालय र हेल्थपोष्ट निर्माण, महिला सशक्तिकरण, बिद्यालय क्लब लगायत गरिब जेहन्दारलाई अधिकारी र लम्सालले सहयोग गरेको भन्दै राज्यको काम व्यक्तिले गरेकाले उनीहरुबाट पाठ सिक्नुपर्ने बताए ।

गाँउपालिका अध्यक्ष रमेश वस्तीले अधिकारी र लम्सालको कार्य प्रशंसनिय रहेको र बिबिध बाधा अवरोधका बिच उहाँहरुको सक्रियता मजबुत देखीएको भन्दै अभियानमा सहयोग रहने बताए । नेपाली कांग्रेसका संयोजक होमबहादुर तामाङले अधिकारी र लम्सालको कार्य सराहनिय भएको भन्दै तारकेश्वर गाँउपालिकाको बिकासमा उहाँहरुको योगदानको खुलेर प्रशंसा गरे  ।

प्रतिक्रिया दिनुहोस्