१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नु.उ.वा.संघमा विजयी पदाधिकारीलाई नेपाली काङ्ग्रेस नुवाकोटद्धारा बधाई तथा शुभकामना

नुवाकोट,नुवाकोट उद्योग वाणिज्य संघमा विजयी पदाधिकारीलाई नेपाली काङ्ग्रेसको पार्टी कार्यालयले बधाई तथा शुभकामना व्यक्त गरेको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले देशमा आर्थिक विकास गर्न, लोकतन्त्रलाइृ बलियो बलियो बनाउन, राष्ट्र निमार्ण गर्न नेपाली काङ्ग्रेसको भुमिका उल्लेख रहेको बताउनु भयो । उहाँले नवर्निवाचित पदाधिकारीलाई नुवाकोटमा उद्योग वाणिज्यको विकास गर्दै आर्थिक स्रोतको विकास, जनताको जिवनस्तर सुधार गर्न आग्रह गर्नु भयो । उहाँले उद्योग वाणिज्य संघ निजि क्षेत्रको संस्था भएकाले रोजगारमुलका कार्य गर्न आग्रह गर्नु भयो । त्यस्तै कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्थ तथा सांसद बहादुर सिंह लामाले संघीयताको चुवानमा असफलता व्यहोर्न परेतापनि उद्योग तथा व्यापारको क्षेत्रमा नुवाकोटमा काङ्ग्रेसको वर्सश्च्व रहेको बताउनु भयो । उहाँले नुवाकोटका काङ्ग्रेसलाई कम्युष्टिवादीहरुले फुटाउन षड्यन्त्र गरेको आरोप लगाउनु भयो । साथै उहाले निजि क्षेत्रका अन्य संस्थाका आगामी दिनमा काङ्ग्रेसको र्बसच्व बनाउन नुवाकोटका काङ्ग्रेस एकताबद्ध हुनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले लोकतन्त्रको खोल ओढ्ने र एकदलिय अधिनायकबादी कम्युनिष्टलाई समाप्त गर्न नेपाली काङ्ग्रेस एकतामा जुट्नु पर्ने बताउनु भयो । उहाले नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा स्ववियु चुनावका कारण क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापनका अध्यक्षमाथीको दुव्र्यबहार रोक्न नेपाली काङ्ग्रेस नुवाकोटको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । त्यस्तै गरि निर्मला पन्त बलात्कार र हत्या काण्ड, ३५ किलो सुन काण्ड, भष्टाचार महङ्गी सवका पछाडी कम्युनिष्ट सरकारकै हात रहेको आरोप लगाउनु भयो । साथै नुवाकोट उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई उद्योगको मर्यादामा आगामी दिन जिल्लाको अर्थतन्त्र विकास गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्