उद्योग वाणिज्य संघ नुवाकोटको नयाँ कार्य समिति चयनका लागी भएको मतदान जारी , १३५० मत खस्यो
विदुर, नुवाकोेटमा आर्थिक क्रान्तिका लागी तथा उद्योग वाणिज्य संघ नुवाकोटको नयाँ कार्य समिति चयनका लागी भएको मतदान जारी नै रहेको छ ।
नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ इलाम प्रशिक्षण केन्द्रमा मतदान सञ्चालन भइरहेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । उद्योग वाणिज्य संघ नुवाकोटको नेतृत्वका लागी नेपाली काङ्ग्रेस निकट बर्तमान अध्यक्ष तारा बहादुर कार्की र नेकपाका निकट रमेश श्रेष्ठको प्रतिष्पर्धा रहेको छ । साझँ साढे ६ सम्ममा १३५० मत खसेको छ । करिव १८ सय भन्दा बढि मतदाता मध्ये १५०० मतदान खस्ने अनुमान गरिएको निर्वाचन आयोग नुवाकोटले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्