१२ श्रावण २०८१, शनिबार
Logo

हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारद्वारा एक करोड राहत

हेटौँडा–प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्