२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नुवाकोट उद्योग वाणिज्य संघको मतदान जारी

विदुर, नुवाकोेटमा आर्थिक क्रान्तिका लागी तथा उद्योग वाणिज्य संघ नुवाकोटको नयाँ कार्य समिति चयनका लागी मतदान सुरु भएको छ । यतिबेला नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ इलाम प्रशिक्षण केन्द्रमा मतदान सञ्चालन भइरहेको नुवाकोट उद्योग वाणिज्य संघले जालपा न्यूज डटकमलाई जानकारी दिएको छ । उद्योग वाणिज्य संघ नुवाकोटको नेतृत्वका लागी नेपाली काङ्ग्रेस निकट बर्तमान अध्यक्ष तारा बहादुर कार्की र नेकपाका निकट पूर्व उपाध्यक्ष रमेश श्रेष्ठको प्रतिष्पर्धा रहेको छ ।

विगतका निर्वाचनमा पनि थोरै मतान्तर रहेकाले यतिबेला श्रेष्ठ र कार्की दुबै नयाँ नेतृत्व कस्को पाल्टोमा पर्ला ? व्यापारी र व्यवसायीले कस्लाई बढि मत देलान् ? भन्ने त्रासमा रहेका छन् ।
विहान ९ बजेबाट सुरु भएको मतदानमा  १८ सय भन्दा बढि मतादाता मध्ये ८०० जनाले मतदान गरिसकेका छन् । निर्वाचनमा महिला मतदाताको अवस्था न्यून रहेको उद्योग वाणिज्य संघ नुवाकोटले जानकारी दिएको छ ।


मतदान साँझ ६ बजेसम्म हुने छ । उद्योग वाणिज्य संघ नुवाकोटको अध्यक्षको बाजी कस्ले मार्ला ? सदरमुकामका चोक चोककमा साना देखि ठूला व्यापारीले चियाका चुस्की सगैँ कोहिले श्रेष्ठले जित्ने छन् अध्यक्ष भनिरहेका छन् त कोहिले कार्कीले नै मार्लान् यसपालिको बाजी भन्दै अड्कल गरिरहेका छन् ।
कस्ले मार्ला त यसपटकको उद्योग वाणिज्य संघको अध्यक्षको बाजी ? श्रेष्ठ कि कार्की ? को होलान् उद्योग वाणिज्य संघको नयाँ नेतृत्व दाबेदार ?

प्रतिक्रिया दिनुहोस्