१२ श्रावण २०८१, शनिबार
Logo

घाइते लिएर काठमाडौं आइपुग्यो सेनाको स्काई ट्रक

नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं आइपुगेको छ ।
आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३५ जनाको मृत्यु हुनुका साथै करिब ६ सय बढी घाइते भएका छन् ।

बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले  बताए ।

गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ । विमान अवतरण भएलगत्तै झापाका लागि पुनः उड्नेछ ।

प्रतिक्रिया दिनुहोस्