१२ श्रावण २०८१, शनिबार
Logo

समाचार संकलनमा गएका पत्रकार अधिकारी पक्राउ

नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई सोमवार बिहान कास्की प्रहरीले पक्राउ गरेकोे हो ।

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । पत्रकार अधिकारीको गैरकानुनी पक्राउको विरोध गर्दै पत्रकार महासंघ गण्डकी प्रदेशले तुरन्त रिहा गर्न माग गरेको छ ।
महासङ्घका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्