५ चैत्र २०८१, बुधबार
Logo

नुउवा संघमा को जित्छ ? को हार्छ ? मैदानमा दुबै बलवान उत्रिएका छन्

उद्योगी व्यवसायीहरुको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको यहि चैत्र २२ गते हुने १० औ अधिवेशनको लागि नेकपा निकट पूर्व उपाध्यक्ष रमेश श्रेष्ठको प्यानल र नेपाली कांग्रेस निकट बर्तमान अध्यक्ष तारा बहादुर कार्की उद्योग बाणिज्य संघमा फेरि आमन्नेसामने भएका भएका छन ।

यो दोस्रो पटक पनि उद्योग बाणिज्य संघको नेतृत्व लिनको लागी चुनाबि मैदानमा नेकपा निकटका व्यवसायी रमेश श्रेष्ठ र काग्रेस निकटका ताराकबहादुर कार्की मैदानमा उत्रिएका छन । कार्की र श्रेष्ठमध्ये कसको पल्ला भारी ? हेर्नको लागी त चैत्र २२ पछि नै कुर्नु पर्ने छ । अघिल्लो नुवाकोट उद्योग बाण्ज्यि संघको निर्वाचनमा ७ मत मताअन्तरले विजयी भएका वर्तमान अध्यक्ष ताराबहादुर कार्कीलाई यसपटक नेकपाका दुई पार्टी एक भएको अवस्थामा त्यती सजिलो भने देखिएको छैन ।
कार्कीसँग झिनो मतान्तरले पराजित भएका रमेश श्रेष्ठले यो पटक आफु भारी मतान्तरले विजयी हुने भएकोले उमेदवारी दिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।
को जित्छ को हार्छ मैदानमा दुबै बलवान उत्रिएका छन् । नेकपा निकटका व्यवसायी एकजुट हुँदा भने कार्कीलाई गाह्रो पर्नसक्ने देखिन्छ । ब्यबसायिले नया नेत्रृत्ब चाहे कार्की चिप्लने देखिन्छ ,

प्रतिक्रिया दिनुहोस्