१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

नुवाकोटको दुईपिपलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

 

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ दुईपिपलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लियो क्लब अफ नुवाकोट परोपकारले आफ्नो तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य शिविरमा ४ महिना देखि ८६ वर्षको उमेरका विभिन्न किसिमका रोगका बिरामीहरुको चेक जाँच गरिएको छ । उक्त स्वास्थ्य शिविरमा जेनेरल फिजिसियन,बाल रोग ,स्त्री रोग,दन्त रोग, नशा रोग, हाडजोर्नी सम्बन्धि रोगहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुक औषधि वितरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौँ परोपकारको आर्थिक सहयोग रहेको शिविरमा जिवनी नेपालको प्राविधिक सहयोग रहेको थियो । लियो क्लब अफ नुवाकोट परोपकारको मुख्य आयोजनामा सम्पन्न भएको कार्यक्रममा क्रियटिभ एकेडेमि इङ्लिस बोर्डिङ स्कुल,बेलकोटगढी नगरपालिका वडा नं ५,श्री कामरु देवि मा.वि., झिल्टुङ दुईपिपल स्वास्थ्य चौकी, महारुद्र युवा क्लव, तारुका, शुभ विहानी युवा क्लवको सहआयोजना रहेको थियो । उक्त स्वास्थ्य शिविरबाट २५० जना स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्