११ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

दुई महिनाको सेवा सुबिधा वडाको बिद्यालयको भौतिक सुधारका लागि

पछिल्लो समय निर्वाचित स्थानिय सरकारको चौतर्फी आलोचना निकै हुने गरेको छ ,जिबनशैलि र तडकभडक निकै महंगो भएको सरोकार वालाहरुको निकै गुनासो आउने गरेको छ । तर सगै यस्ता जनप्रतिनिधीहरु पनि निर्वाचित भएका छन् जस्ले आफ्नो रोजीरोटी समेत बाडेका छन् । बिदुर नगरपालिकाका वडा ६ का वडा अध्यक्षले आफ्नो तलव सुबिधालाई सामाजिक काममा लगानि गरेका छन् । पछिल्लो पटक बिदुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राजु सडौलाले आफ्नो दुई महिनाको सेवा सुबिधा बापतको रकम आफ्नै वडाको बिद्यालयको भौतिक सुधारका लागि प्रदान गरेका छन् । अध्यक्ष सडौलाले बिदुर ६ चैनपुरमा रहेको सुन्दरादेबी आधारभूत बिद्यालयलाई नवनिर्मित भवनको झ्याल र ग्रिल निर्माणका लागि आफ्नो सेवा सुबिधा बापत प्राप्त हुने रकम प्रदान गरेका छन् । अध्यक्ष सडौलाले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव लामालाई ४२ हजार हस्तान्तरण गरेका हुन  । सहयोग रकम हस्तान्तरण पछि वडा अध्यक्ष सडौलाले जनताको मत र मायाबाट आफू जनप्रतिनिधि बनेकाले निरन्तर जनताकै सेवामा समर्पित भईरहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्