३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवाकोटमा जिल्ला स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

आगामी बैसाख १५ गते देखि नुवाकोटमा जिल्ला स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने जिल्ला क्रिकेट संघ नुवाकोटले जनाएको छ। विद्यालय स्तरबाट क्रिकेट खेलमा आवश्यक पर्ने धेरै राम्रा खेलाडी उत्पादन गर्न सकिने भएकाले विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता गर्न लागिएको जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनु भयो । शुक्रबार नुवाकोटको विदुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पाठकले उत्कृष्ट क्रिकेट खेलाडीको आवश्यक परेकाले विद्यालय स्तरबाट उकृष्ट खेलाडी चयन गर्ने उदेश्यले प्रतियोगिता गरिन लागीएको बताउनु भयो । उहाले क्रिकेट खेलका लागी १२ वर्ष देखि १६ वर्षसम्मका विद्यार्थीहरुको छनोट गरिएको बताउर्दै आगामी बैशाक १५ गतेको प्रतियोगिता सम्पन्न भएपछि अन्डर फोट्टिन र अन्डर टुबेल क्रिकेट गेम गर्ने लक्ष्य रहेको समेत प्रष्ट्याउनु भयो ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार रकम सहित मेडल र ट्रफि, उपविजेता टिमलाई २० हजार रकम सहित मेडल र ट्रफि म्यान अफ द म्याच, म्याद अफ द शेरिज, बेष्ट ब्याट्स म्यान र बेष्ट ब्याउजरका उपाधि हाता पार्न सफल खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफि वितरण गरिने आयोजकले बताएको छ । प्रतियोगितामा अनुमानित ९ लाख ८० हजार रकम खर्च लाग्ने  बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्