२३ मंसिर २०७९, शुक्रबार
Logo
final gp koirala advert

धादिङको गजुरीबाट लागु औषध चरेस बरामत एक भारतिय नागरिक प्रक्राउ

धादिङ । धादिङको गजुरी गाउपालिकाबाट बिहिबार राती १ सय ६४ किलो ग्राम
अबैध लागु औषध चरेस बरामत सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरिएको छ । पृथ्वी राजमार्गमा लागु औषध चरेस ओसारपसारमा संलग्न युपी–१९पी ५१७१ नम्बरप्लेटको गाडि सहित उत्तर प्रदेश निवारी अन्दाजी २५ वर्षीय मौमहत ताप नामक ब्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । चेक जाँचका क्रममा प्रहरीले भारतीय नम्वर प्लेटको गाडिमा लुकाई छिपाई भारततर्फ लग्दै गर्दा गजुरी नजिकै पक्राउ गरेको हो । सुराकिको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले गजुरी चेक प्वाईनटमा सो लागु औषध पक्राउ गरन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्