१२ श्रावण २०८१, शनिबार
Logo

कांग्रेस धर्म निरपेक्षताबारे जनमत संग्रहमा जान तयार : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस धर्म निरपेक्षताबारे जनमत संग्रहमा जान तयार रहेको बताएका छन् । फागु पूर्णिमाको अबसरमा आफ्नै निवास टोखामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षताबारे जनमत संग्रहमा जान तयार छ ।’ उनले भने,‘हिन्दूधर्मको पक्षमा वकलात गर्दै गणतन्त्र र संघीयताबारे जनमत बुझ्न आवश्यक छ ।’

कोइरालाले राज्य धर्म निरपेक्ष वा सापेक्ष हुनै नसक्ने भन्दै धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र स्थापनाका लागि दबाब बढाउन पनि आह्वान गरे । ‘जनताले चाहे काङ्ग्रेस तीनवटै मुद्दामा जनमत संग्रहमा जान तयार छ ।’ उनी भन्छन्, ‘यसमा जनताको साथ आवश्यक छ ।’

एकअर्को प्रसंगमा महामन्त्री कोइरालाले एकतावद्ध भएका कम्युनिष्टविरुद्ध जुध्न कांग्रेसको आन्तरिक एकता पनि सुदृढ हुनुपर्नेमा जोड दिए । ‘आन्तरिक एकता नभए अर्को चुनाव पनि कांग्रेसको पक्षमा आउँदैन् ।’ उनले भने, ‘सहमति र सन्तुलनका आधारमा पार्टीको विभाग तत्काल गठन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्