१२ श्रावण २०८१, शनिबार
Logo

भारतमा प्रतिबन्धित विषादीयुक्त माछा नेपालमा खुलेआम बिक्री


नेपालगञ्ज ,भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् ।
लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँने गरेको पाईन्छ । नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमदले माछा एक दिन आइसमा राखेन भने कुहिने बताउनु भयो ।
नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्