२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नुवाकोटका दुई कराँते खेलाडीले जिते बंगलादेशमा स्वर्ण पदक

बंगलादेशको राजधानी ढाकामा जारी बेष्टर्न सेकेण्ड ईन्टरनेशनल कराँते च्याम्पियनसिपमा नुवाकोटका दुईजना खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् । शनिवार राती भएको कुमुलेको ३५ केजी तर्फको प्रतिष्प्रर्धामा बंगलादेशी प्रतिष्प्रर्धीलाई हराउँदै रोहिणी पंडित र ५५ केजीको तर्फको प्रतिष्प्रर्धामा पनि बंगलादेशी प्रतिष्प्रर्धीलाई नै हराउदै योजुक थिङले स्वर्ण पदक प्राप्त गरेको नुवाकोट सितेरियो कराँते संघका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनु भयो । रोहिणी विदुर नगरपालिका वडा नम्वर २ विदुर र योजुक बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेका बासिन्दा हुन् । उहाँहरुको यो सफलताका लागी हामी मिक्स एफ् एम् परिवार र जालापा न्यूज डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दर्छौ ।

प्रतिक्रिया दिनुहोस्