५ चैत्र २०८१, बुधबार
Logo

फोनिजको अध्यक्षमा पेमा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका पेमा लामा (संघर्ष) निर्वाचित भएका छन् ।

जातीय पहिचान र संविधान कार्यन्वयनका लागि पूर्ण समावेशी सञ्चार’ नुवाकोटको बटारमा चैत १ देखि शुरू भएको उद्घाटन शत्रपछि बन्दशत्रले लामाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेका हुन्।

उद्घाटनमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले अधिकारको कुरा गर्दैगर्दा अरुको भावनामा चोट पार्न नहुने बताए । उनले थपे फोनिजका साथीहरुले पूर्ण न्यायिक पक्षमा कलम चलाएमा मात्रै समग्र नेपाली समाजको विकास हुनेछ ।

संघीय सांसद बहादुरसिंह तामाङले सामाजिक पहिचानमुलक नामांकन संशोधन गर्नलाई सरकारले आलटाल गरिरहेको बताए । निर्वाचन समयमा दिएका आश्वासन पुरा गर्न नसकिएको पुष्टि समेत गरे ।

कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष डण्ड गुरुङले फोनिजको कारणले नेपाल पत्रकार महसंघले समावेशी नीति कार्यान्वयन गर्न सफल भएको बताए ।

यसैगरी बरिष्ठ उपाध्यक्ष गजुरधन राईले फोनिजका साथीहरूले सरकारी मिडियामा प्रतिष्पर्धा गर्न सक्ने गरी क्षमताको विकास गर्नुपर्ने बताए ।

समितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्ष अञ्जु डिम्दोङ, महासचिव सुरजकुमार भुजेल, संगठन सचिव पूर्णिमा स्याङ्बा, संस्थागत सचिव श्याम राना मगर र कोषाध्यक्ष पूर्णभक्त दुवाल रहेका छन् ।

यसैगरी खुल्ला सदस्यहरू बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ र रामशरण माझी हुन् । महिला सदस्यहरू लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ र कुञ्जला पुलामी, संस्थागत सदस्यहरू डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नविन राना मगर, राजेश बज्रचार्य रहेका छन् ।

त्यसैगरी अल्पसंख्यक सदस्य पुष्पा राई हायु, अनुशासन संयोजक दिलबहादुर लामा, अनुशासन सदस्यद्धय राजकुमार शाक्य र रिदेन महर्जन निर्वाचित भएको निर्वाचित अधिकृत सरिता श्रेष्ठले बताइन् ।

महाधिवेशनको प्रमुख निर्वाचन अधिकृत नवदीप श्रेष्ठ, निर्वाचन अधिकृतद्वय सरिता श्रेष्ठ र राजकृष्ण श्रेष्ठ र संगठन सचिव तथा संघीय प्रतिनिधि मिलन लिम्बूको समितिले निर्वाचितपछि नामावाली प्रकाशित गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसदत्रय बद्री मैनाली, हिरानाथ खतिवडा र कल्पना नेपाली, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष कपिलदेव खनाल,नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) प्रदेश संयोजक काजिमान थिङ, नेफिन जिल्ला अध्यक्ष भगवान रानामगर, प्रेस सेन्टर जिल्ला अध्यक्ष रामहरि गजुरेल, प्रेस चौतारी जिल्ला अध्यक्ष भोला पौडेल लगायतले शुभकामना दिएका थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्