२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

विदुरमा श्रीमद्भागवत सप्ताह

विदुर – विदुर नगरपालिका ४ विदुर लोकतान्त्रिक चोक नजिक रहेको मन्दिर ०७२ सालको विनासकारी भूकम्पका कारण पूर्ण क्षति भएको मन्दिर स्थानीयकै पहलमा नवनिर्मित लक्ष्मीनारायण मन्दिरको दिव्यधान मूर्तिमा प्राण प्रतिस्थापन तथा ज्ञान महायज्ञ श्रीमद्भागवत सप्ताह फाल्गुण २९ देखि सञ्चालन भइरहेको छ । सप्ताह यहि चैत्र ६ गते सम्म हुने छ । सप्ताहमा युवा ज्योतिष तथा पण्डित राघव आचार्यलद्धारा प्रवचन सञ्चालन भइरहेको छ ।

आज सप्ताह सुरु भएको तेस्रो दिन सम्पन्न भएको छ । तेस्रो दिन सम्ममा मन्दिर निमार्णका बाँकी काम सम्पन्न गर्नका लागी स्थानीय श्रद्धालु तथा भक्तजनहरुबाट तिन लाख रकम र अन्य जिन्सी सामान संकलन भएको आयोजक जानकारी दिएको छ ।
प्यागोडा शैलीमा निर्मित मन्दिरको अनुमानित लागत ७० लाख रहेको र अहिलेसम्म करिब ४४ लाखको खर्च भएको र बाँकी थप आर्थिक सहयोग जुटेपछि पूर्ण गरिने समितिका अध्यक्ष मनोरथ श्रेष्ठले जानकारी दिनु भयो ।
हरेक वर्ष झैँ यस वर्ष पनि विशेष पुजाका साथ होलीको दिन रथारोहण हुने र विदुर परिक्रमा हुँदै आईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्