१२ श्रावण २०८१, शनिबार
Logo

विप्लवको बन्दले नुवाकोटको जनजिवन प्रभावित

नुवाकोट , विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको कारण नुवाकोटको जनजीवन प्रभावित भएको छ । बन्दको कारण बिहानैदेखि मुख्य सडकहरुमा छोटो र लामो दुरीका फाट्टफुट्ट बस र मोटरसाइकल बाहेक अन्य गाडी चल्न सकेका छैनन् ।
गाउ देखि सदरमुकाम सम्म आउने यात्रु बन्दका कारण मारमा परेका छन्। तुप्चे, देउराली खड्गभन्ज्याङ, चैनपुर लगायतका सदरमुकामका आसपासका ग्रामीण भेगका वासिन्दाहरु भने दुई तिन घण्टाको लामो बाटो पैदल हिडेर सदरमुकाम आउन बाध्य भएका छन्। त्यस्तै सदरमुकाम स्थित ढुङ्गे,त्रिशुली लगायतका मुख्य बजारमा अवस्थित केहि विद्यालयहरु बन्द रहेका छन्।
बन्दलाई मध्यनजर गर्दै जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। बन्दको कारण देविघाट, ब¤ार, ढुङ्गे, त्रिशुली लगायतका नुवाकोटका मुख्य बजारमा व्यापार ठप्प भएको व्यापारीहरुले गुनासो व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्