१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मुत्यु

नुवाकोटको सदमुकाम विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । बा ६३ प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मुत्यु भएको हो।

देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो ।
दुर्घटनामा १५ वर्षका विशेष थापामगर सामान्य घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको नुवाकोटको प्रहरीले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्