१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्दारा २ पत्रकार सम्मानित हुँदै

विदुर ,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटले क्रियाशिल दुई पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । महासंघको शुक्रबार बसेको बैठकले पत्रकार राजकृष्ण श्रेष्ठ र नवदिप श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको हो ।

त्रिशुली खबर साप्ताहिकका सम्पादक एवम् रासस नुवाकोट संवाददाता नवदिप श्रेष्ठ ‘अजनवी’ लाई र कान्तिपुर टेलिभिजनको नुवाकोट संवाददाता राजकृष्ण श्रेष्ठसम्मान गरिने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोट अध्यक्ष शक्तिमायाँ तामाङले जानकारी दिनुभएको छ। श्रेष्ठद्वय जिल्लामा रहेर विगत् १० वर्षदेखी पत्रकारिता गर्दै आएका छन् ।

यहि चैत्र १ र २ गते हुने आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर ३ को नुवाकोटमा हुने महादिवेशनमा सम्मान गरिने महासंघले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्