६ जेष्ठ २०७९, शुक्रबार
Logo
final gp koirala advert

नुवाकोटमा दोस्रो खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने

नुवाकोटमा दोस्रो खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।दुप्चेश्वर गाउँपालिकामा हुने दोस्रो दुप्चेश्वर कप पुरुष भलिवल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका वडा नं ५ ले प्रतियोगिताका लागी आवश्यक प्राविधिक तथा आर्थीक सहयोग गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा प्रथम हुने टीमलाई एकलाख २५ हजार, दोस्रो हुने टीमलाई ७५ हजार,तेस्रो हुने टीमलाई ४० हजार र चौथो हुने टीमलाई सान्त्वना पुरीकार स्वरुप २० हजार रुपैया दिइने आयोजकले जानकारी दिएको छ। कल्याण माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता आगामी चैत्र ६ देखि ९ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्