१ सय ९ औ अन्तर्राट्रिय श्रमिक महिला दिवस आज मनाइयो
१ सय ९ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस को अबसरमा संविधान पदत्त हक अधिकर कार्यन्वयन गरौ, १०९ औ श्रमिक महिला दिवस भब्यताको साथ सफल बनाऔ भन्ने मुल नाराको साथ शुक्र बार नुवाकोट को बिदुरमा एक कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यनिष्ट पाटी (नेकपा ) का केन्द्रिय सदस्य बिमला सुवेदीले समान कामको समान ज्याला पाउनु पर्ने माग राखि सुरु भएको आन्दोलनले बिश्व भरिका महिलाहरु लाभान्वीत भएको बताउनु भएको छ । नेपालि इतिहासमा पनि देशको लागी बलिदान दिने महिलाहरुको कमी नरहेको बताउदै सबै महिलाहरुले आफ््नो सगै देश बिकाशमा लाग्नु पर्ने बताउनु भयो । सरकारले महिलाहरुको लागी ३३ प्रतिशत आरक्षण बेबस्था गरेको बताउदै हाल नेपालमा ४० प्रतिशत महिला निती निर्माण तहमा रहेको बताउनु भयो । राज्यले महिलाको लागी पैतृक सम्पतिमा समेत बराबरीको हक उपलब्ध गराएको बताउनु भयो केन्दी्रय सदस्य सुबेदीले महिलाको हक हित तथा उत्थानमा आफु गागी पर्ने बताउनु भयो ।
त्यस्तै नेकपाका प्रदेश सदस्य सुभद्रा नेपालले जिबनको उर्जाशिल समयमा महिलाहरुले राष्टपरिवर्तनको निम्ती आन्दोनमा होमीएका हजारौ नेपालि महिलालाई सम्मान गर्न नसकेको बताउनु भयो । बालबालीक काखमा च्यापेर बन्दुक भिरेर बाह्र बर्ष सम्म आन्दोलन मा चरम अभाब सहेर परिवर्तन ल्याउने माहान महिलाहरुलाई राज्यले बेवास्ता गरीरहेको मा दुख ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी महिलाहरु बिच प्रगतीशिल लोक गीत प्रतियोगीता समेत भएको छ । प्रतियोगीतामा निर्मला अधिकारी प्रथम , कल्पना लामीछाने द्दितिय ,पबित्रा प्याकुरेल तृतीय तथा धान कुमारी खड्काले प्रोत्साहन पुरस्कार पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्