समय सापेक्ष शिक्षा निती नहुदा आबश्यक पर्दा देशले दक्ष जनशक्ती पाएन
बिदुर–
बिदुर नगरपालिका वडा नं ९ मा रहेको स्पार्कल इन्टरनेशल बिद्यालयको चौथो बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ ।
स्पार्कल इन्टरनेशनल स्कुलको बार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बिदुर नगरपालिकाका उप प्रमुख गिता कुमारी दाहालले नगर भित्रका निजी तथा सामुदायिक बिद्यालयको भौतिक पूर्वाधारको विकास र समय सापेक्ष शिक्षा पद्दतीको बिकाशलाई माथि उठाउन बिदुर नगरपालिका योजना निर्माणको तयारीमा रहेको बताउनु भएको छ ।
उहाले समय सापेक्ष शिक्षा निती नहुदा आबश्यक पर्दा समेत देशले दक्ष जनशक्ती नपाएको बताउनु भयो । उप प्रमुख दाहालले पछिल्लो समयमा गाउँ छाडी नगरपालिकामा बालबालिका पढाउन बसोबास गदै आएका दिदीबहिनी बेरोजगार बस्न नहुने बताउदै बिदेशी रेमिटान्सले अर्थतन्त्र धान्न नसक्ने हुदा आय आर्जन मुलक काम गर्न समेत आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बिद्यालयका प्रिन्सिपल यादब अधिकारीले पछिल्लो समय बिद्यालयले निकै प्रगती गरेको बताउनु भएको छ । उहाले समय सापेक्ष पठन पाठनमा जोड दिने प्रतिबद्दता समेत जनाउनु भएको छ ।
बार्षिक उत्सब तथा अभिभावक भेलाको अबसरमा बिद्यालयमा बिबिध सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्