१२ श्रावण २०८१, शनिबार
Logo

संघीय संरचना अनुसारको प्रशासनिक नक्सा सार्वजनिक

नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा आजसार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुरुपको प्रशासनिक नक्सा सार्वजनिक गर्नुभएको हो ।

उक्त नक्सामा सात प्रदेश, सिमाना, ७७ वटा जिल्ला , अन्तर्राष्ट्रिय विमानस्थल, नदी, बन लगाएतलाइ समाबेश गरिएको छ । सातैं प्रदेशको नामकरण नभएको हुनाले नक्सामा सबै प्रदेशको नाम भने उल्लेख गरिएको छैन । मन्त्री अर्यालले प्रदेशको राजधानी र नाम पर्खेर बस्दा नक्सा सार्वजनिक गर्ने ढिलाइ भएको समेत्त पत्रकार सम्मेलनमा स्पस्ट पार्नुभयो ।
उहाँले सिँहदरबारमा नक्सा हस्तान्तरण गरेसँगै क्रमशः प्रदेश र स्थानीय तहमा पनि हस्तान्तरण गर्दै जाने बताउँनुभयो ।सार्वजनिक भएको नक्सालाई नापी विभागको वेबसाइटमा पनि राखिएको छ । विभागको वेबसाइटमा भएको नक्सालाई आधिकारिक मानेर प्रयोग गर्न सकिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्