१२ श्रावण २०८१, शनिबार
Logo

सोनाम ल्होछारमा सार्वजनिक विदा

शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिकाले सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको हुनाले ल्होछारमा सार्वजनिक विदा दिएको गाउँपालिकाको पत्रमा उल्लेख छ ।

तामाङ समुदायले यहि माघ २२ गते सोमबार परेको २८५५ औं सोनाम ल्होछार सुङ्गुर (फाग/ड्वा ल्हो) वर्ग अन्तर्गतको नयाँ वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गर्न शिवपुरी गाउँपालिकाको आठै वडाका तामाङ समुदाय एकै स्थानमा भेला भई ल्होछार मनाउन लागिएको शिवपुरी गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो । ल्होछारलाई कार्यक्रम व्यवस्थापन गर्न वडाध्यक्ष तामाङकै अध्यक्षतामा ५१ सदस्यीय ल्होछार व्यवस्थापन मुल आयोजक कमिटि गठन गरिएको छ।

कार्यक्रममा तामाङ संस्कृति, पहिचान, बाजा, झाँकी प्रदर्शन, म्हेन्दोमाया कलाकारहरु र राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

विदुर नगरपालिका-९ कोलनी थ्रीडी खेल मैदानमा पनि सोनाम ल्होछारकै अवसरमा बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । म्यागङ गाउँपालिकामा यहि माघ २३ र २४ गते दुई दिन बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews
logo sonam lohsar

ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । विक्रम सम्वत् २०६४ साल यता सोनाम ल्होछारलाई राष्ट्रिय पर्वस्वरुप नेपाल सरकारले सार्वजनिक विदा दिंदै आएको छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।


प्रतिक्रिया दिनुहोस्