११ माघ २०८१, शुक्रबार
Logo

८२ सवारी चालकहरुलाई नि:शुल्क स्वास्थ्य शिविर

विदुर / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज विदुर नगरपालिका-१, त्रिशुली बसपार्कमा सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भएको छ ।

शिविरबाट ४० जना बस चालक, २० जना ट्रक/टिपरका चालक, १० जना जिप/कारका चालक, ३ जना ट्याक्टर चालक र अन्य सवारीका ९ जना चालक गरी ८२ जनाको स्वास्थ्य परीक्षण र स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय, नुवाकोट सामुदायिक शाखाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्