१२ श्रावण २०८१, शनिबार
Logo

गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन

लिखु / नुवाकोटको लिखु गाउँपालिकामा गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समितिको महासंघ गठन भएको छ ।

महासंघको अध्यक्षमा रामबहादुर ओझा चयन भएका छन् । समितिको उपाध्यक्षमा कविता कुँवर, सचिवमा शैलेन्द्र राई, कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा सरस्वती मल्ल, हरिशरण राई, दुर्गा घर्ती, शिवराम रानामगर, श्याम डङोल, मधु राई र शान्ता मिजार रहेका छन् ।

कार्यक्रम लिखु गाउँपालिकाका श्रोत व्यक्ति महेश्वर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न थियो ।

कार्यक्रममा नुवाकोट सामुदायिक विद्यालय व्यवस्थापन समितिको महासंघका अध्यक्ष भाग्यश्री लामा, गाउँपालिकाका १४ सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्