नेटटिभी ताररहित एलजी स्मार्ट टिभीमा (भिडियोसहित)
न्यू आईटि भेन्चर कर्पोरेशनद्वारा संचालित नेट टिभी एलजी स्मार्ट टिभीमा पनि हेर्न सकिन्छ ।
एलजी स्मार्ट टिभी प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने टिभी शोहरू, च्यानलहरू र चलचित्रहरू पुरानो प्रविधिको ताररहित टिभी हेर्न सकिन्छ ।
इन्टरनेट जडानमात्र गरेर उच्च क्वालिटिमा टिभी हेर्न सकिन्छ । त्यसका लागि नेट टिभी खाता प्रयोग गरी एलजी वेबओएस पहुँच भएको टिभी हुनुपर्नेछ । स्मार्ट टिभीमा नेटटिभी जडान गर्न सेटअप बक्स चाहिदैन तर इन्टरनेटको पहुँच भएको हुनुपर्दछ ।
सिधै इन्टरनेट मार्फत् डेस्कटप र ल्यापटमा वेब एप्प, सेट-अप बक्समार्फत् सिधै टिभी र मोबाईलमा आईपीटीयू आईएएच च्यानलहरू, लाइभ टिभी, कार्यक्रम तालिका र क्याचअप अपको रूपमा हेर्न सकिने छ ।
टिभीमा कसरी जडान गर्ने?
- एलजी स्टोरमा जानुहोस् ।
- “नेट टिभी” खोजी गर्नुहोस् ।
- एप स्थापना गर्नुहोस् ।
- अनुप्रयोग सुरु गर्नुहोस् ।
- तपाईंको अवस्थित नेट टिभी खाताको साथ अनुप्रयोगमा लग इन गर्नुहोस्। (यदि तपाईं नयाँ टिभीमा नयाँ हुनुहुन्छ भने दर्ता गर्नुहोस्) ।
- उच्चस्तरीय क्वालिटिको टिभीको आनन्द लिनुहोस् ।
*स्टोरमा नेट टिभी नदेखिए टिभीको सिस्टम अपग्रेड गर्नुहोस् ।
मोबाईलको लागि प्लेस्टोर र एप्पस्टोरमा गएर “नेट टिभी” जडान गरी पकेट टिभीको मज्जा लिन सकिन्छ । वर्डलिंक, भ्यायनेट र होनस् आईएसपीको ग्राहकले पनि नेट टिभीको सुविधा लिन सकिन्छ । मोबाईल, डेस्कटप र ल्यापटपको लागि पनि नेटटिभी जडान गर्न सेटअप बक्स चाहिदैन तर इन्टरनेटको पहुँच भएको हुनुपर्दछ ।
अनलाइन पेमेन्ट खल्ती, ई-सेवामार्फत रिचार्ज र टपअप गरि घरमै बसी बिल भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्