त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट
विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीमार्फत् ट्राफिक व्यवस्थापन सहजताको लागि त्रिशूली अटोले उक्त हेल्मेट उपलब्ध गराएको त्रिशूली अटोका प्रबन्ध निर्देशक विवेक थापाले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै अटोले ट्राफिक प्रहरीसँगको सहकार्यको लागि हेलमेट उपलब्ध गराइएको थापाले बताउनुभयो ।
![Image may contain: 6 people, people smiling, outdoor](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-9/45724999_898321683708662_7802690524279734272_n.jpg?_nc_cat=108&_nc_ht=scontent.fktm1-1.fna&oh=48933392f29074ff779227b65d741862&oe=5CB44627)
त्रिशूली अटोले यस अघि तिहारमा विदुर सिटी युथ क्लबले विदुरको पर्यटन विकासको लागि आयोजना गरेको “राइड एण्ड सेलिब्रिट तिहार” मोटरसाइकल र्यालीमा प्रायोजन गरेको थियो । र्यालीमा सदरमुकाम विदुरका सम्पूर्ण भूभाग, ढुंगेबजार र वनदेवी मन्दिरसम्म पुगेर तिहारको शुभकामना आदानप्रदान गरेको थियो ।
नुवाकोटको प्रमुख बजार बट्टारमा रहेको यामाहाको अधिकारिक बिक्रेता त्रिशुली अटोले मोटरसाइकल र स्कुटरको साथै सम्पूर्ण पार्ट्सपुर्जाहरु बिक्रि गर्दै आइरहेको छ । मोटरसाइकल र स्कुटरको मर्मत र अत्याधुनिक सर्भिसिङ पनि सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्