१२ श्रावण २०८१, शनिबार
Logo

मेस्सीकाे दुई गोलले बार्सिलोना बराबरी

एजेन्सी – कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा बार्सिलोनाले २–० गोलले पछि परेको अवस्थालाई उल्ट्याएर बराबरी नतिजा निकालेको हो । भ्यालेन्सियाका लागि केभिन गेमेरियो र ड्यानियल परेजोले गोल गरे । केभिनले २४ औं मिनेटमा गोलगर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी गोलमार्फत अग्रदा दोब्बर बनायो । बार्सिलोनाका सर्जि रोबर्टाेले डिबक्सभित्र ड्यानियल वासलाई लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई परेजोले सदुपयोग गरे ।

त्यसपछि जोसिएको बार्सिलोनाका लागि ३९ औं मिनेटमा लियोनेल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरे । मेस्सीले ६४ औं मिनेटमा आर्टुरो भिडालले पासमा अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै बार्सिलोनाको २२ खेलबाट ५० अंक पुगेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा ६ अंकले अगाडी छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । ३० अंक बनाएको भ्यालेन्सिया सातौ स्थानमा छ ।

Shivapuri rural municipality awareness message jalapanews

यसैगरी शनिबार राति नै भएको ला लिगाका अरू खेलमा रियल सोसिएडाडले एथ्लेटिक बिल्बाओलाई २–१ र सेल्टाभिगोले सेभिल्लालाई १–० गोलले हरायो । लिभान्ते र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

प्रतिक्रिया दिनुहोस्