११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

रोनाल्डोको दुई गोलका बावजुद युभेन्टस रोकियो

प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि इटालियन लिगको शीर्ष टोली युभेन्टसले पार्मासँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको छ । 

युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले दुई तथा ड्यानियल रुगानीले एक गोल गरे । पार्माका जर्भिन्होले दुई तथा एन्टोनियो बारिल्लाले एक गोल गरेका थिए । 

३६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ड्यानियलले गोल गरेपछि युभेन्टसले अग्रतालाई दोब्बर बनायो । 

त्यसपछि ६४औं मिनेटमा एन्टोनियोले गोल गर्दै पार्मालाई खेलमा फर्काए । 

Shivapuri rural municipality awareness message jalapanews

६६औं रोनाल्डोले गोलगर्दै युभेन्ट्सको अग्रता फराकिलो बनाए । 

तर, ७४औं मिनेटमा जेरभिन्होले गोल गरेपछि पार्मा ३–२ को अवस्थामा आइपुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जेरभिन्होले अर्को गोल थपेपछि युभेन्टस पार्मासँग अंक बाँड्न बाध्य बन्यो । 

बराबरीसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ६० अंक बनाएको छ । युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा नौ अंकले अगाडी छ । नापोलीको ५१ अंक छ । २९ अंक बनाएको पार्मा ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्