काठमाडौं : सरकारले नयाँ बजेटमा कर्मचारीको तलव र बृद्धभत्ता बढाउने भएको छ । अर्थ मन्त्रालयले बीस प्रतिशतसम्म तलव बृद्धिको तयारी गरेको हो । कर्मचारीको तह हेरेर तलब बृद्धिको योजना बनाइएको छ । त्यस्तै वृद्धा भत्तापनि पाँच सयदेखि एक हजारसम्म थप गर्ने योजनामा सरकार रहेको छ