स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) ले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका संयुक्त उमेदवार जगत बहादुर तामाङलाई सहयोग गर्ने भएको छ ।जनता समाजबादी पार्टी (जसपा) को तर्फबाट बेलकोटगढी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कृष्णराज तिमल्सिनाले आज उमेदवारी फिर्ता लिएका छन् ।