नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित नुवाकोट बेलकोटगढी ११ का २६ वर्षीय सुजन पौडेल, धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय अच्युत केसी र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका