२२ मंसिर २०८२, आईतवार
Logo

ताराकेश्वर वाइसीएल अध्यक्षमा सुमन

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल ) तारकेश्वरको अध्यक्षमा सुमन तामाङ चयन भएका छन् ।
बुधबार सम्पन्न तेस्रो गाउँ भेलाले तामाङ लाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा मिलन तामाङ, प्रमोद लामिछाने र सानुमाया तामाङ रहेका छन् ।

भेलालाइ माओवादी केन्द्र तारकेश्वर इन्चार्ज राजेन्द्र न्यौपाने, सह इन्चार्ज सोम बहादुर तामाङ, पालिका अध्यक्ष बच्चुराम रिमाल लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी भेलाले संगठनको केन्द्रिय अधिवेशन प्रतिनिधिमा नुर बहादुर घिमिरेलाइ चयन गरेको बताइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्