४ बैशाख २०८३, शुक्रबार
Logo

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा लिखुको एकछत्र राज, प्रतियोगिता संचालन भएदेखी हालसम्म उपाधिमा डबल ह्याट्रीक

नुवाकोटमा जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनमा आएदेखी एकछत्र रुपमा लिखु गाउँपालिका च्याम्पियन हुँदै आएको छ ।

२०७४ देखि ८० सालसम्म सम्पन्न भएको मध्य सम्पुर्ण प्रतियोगितामा लिखु गाउँपालिका च्याम्पियन भएको थियो ।

१९ स्वर्ण, १६ रजत र १२ कास्य पदक सहित कुल ४७ पदकका साथ यो बर्ष च्याम्पियन भएको हो ।

त्यसैगरी १७ स्वर्ण, १४ रजत र ८ कास्य पदक सहित कुल ३९ पदक सहित बिदुर नगरपालिका दोश्रो भएको थियो भने ६ स्वर्ण,६ रजत र ७ कास्य पदक सहित म्यागङ गाउँपालिका तेश्रो भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

त्यसैगरी ५ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेर ककनि गाउँपालिका चौंथो र ३ स्वर्ण पदक सहित दुप्चेश्वर गाउँपालिका पाँचौ भएका छन् ।

स्थानीय तह स्थापना हुनुभन्दा अगाडी बिद्यालय स्तरमा संचालन हुने प्रतियोगितामा लिखु स्थित क्षेत्रपाल माध्यमिक बिद्यालय नियमित रुपमा च्याम्पियन हुँदै आएको थियो ।

२०६८ देखि ०७३ साल सम्म जिल्ला स्तरको रनिङ शिल्ड आफ्नो पोल्टामा पार्नेमा क्षेत्रपाल माध्यमिक बिद्यालय रहेको थियो ।

१३ औं जिल्ला स्तरीय प्रतियोगितामा १९ स्वर्ण पदक मध्यको १५ वटा क्षेत्रपाल माध्यमिक बिद्यालयका छात्रछात्राले जितेका थिए ।

२०७४ देखि ८० सालसम्म सम्पन्न भएको मध्य सम्पुर्ण प्रतियोगितामा लिखु गाउँपालिका च्याम्पियन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्