४ बैशाख २०८३, शुक्रबार
Logo

नुवाकोटको खेलकुद बिकास गर्न प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्न पर्छ – साम्सद राधिका तामाङ

बागमती प्रदेश निवर्तमान उपसभामुख एवम् प्रदेश सांसद राधिका तामाङले नुवाकोट जिल्ला खेलकुदको क्षेत्रमा उर्वराभुमी भएको बताउनुभएको छ ।

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

खेलकुद लाई अगाडी बढाउनका लागि बागमती प्रदेश सरकार लागि परेको बताउनु हुँदै स्थानीय सरकार र प्रदेश सरकार संगसंगै हिड्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

प्रतियोगिता समापन समारोहमा जिल्ला समन्वय समिती प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ (रमेश), ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष बुद्धि प्रधान लगायत खेलकुद संग सरोकारवाला पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

त्यस्तै आगामी बर्षको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पञ्चकन्या गाउँपालिकाले आयोजना गर्ने जिल्ला खेलकुद बिकास समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्